Tag Archives: Poem

लेख्नुथियो एउटा कविता

लेख्नुथियो एउटा कविता
तर मैले लेख्न सकिन
भन्नु थियो केहि कुरा
तर मैले भन्न सकिन

कसरी लेख्नसक्छु र भन्नसक्छु म?
हजारौंका बीचको  म!
पदार्थको फगत एक अणुजस्तो
पेन्टिंगको एक विन्दुजस्तो
अर्थ भएको हो कि विना कुनै अर्थको?
सान्दर्भिक हो कि असान्दर्भिक?

कसरी लेख्नसक्छु कविता?
कसरी भन्नसक्छु र म आफ्ना कुरा?
जब
मैले त्यो लेख्नु र भन्नुले
केहि फरक पार्नेछैन
जसरी सागरमा एक थोपा पानीले फरक पार्दछ

अथाह भीडमा एक मान्छेको
अर्थ के हुनसक्छ र ?
त्यसैले आज मैले कविता लेख्नसकिन!
आज मैले भन्न मन भएको कुरो भन्न सकिन!